नवलपुर कोरोना अपडेट : शुक्रबार ९ जनामा संक्रमण पुष्टि

नवलपुर, २१ माघ । पूर्वी नवलपरासीमा शुक्रबार ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोती नगरपालिकामा ७ जना र मध्यबिन्दु नगरपालिकामा २ जना गरि ९ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार भेटिएको ९ जना सहित नवलपुरमा संक्रमितको संख्या २२० पुगेको छ ।
तपाइँको प्रतिक्रिया