आइतबार १ हजार ३८६ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाण्डौँ, २३ माघ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा आठ हजार ७०४जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।
तपाइँको प्रतिक्रिया