मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं, २४ माघ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
निर्वाचन आयोगले अघिल्लो साता नै ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले अहिलेसम्म निर्वाचनको मिति घोषणा गरेको छैन ।
आजको मन्त्रिपरिषद् बैठकमा पनि स्थानीय तहको निर्वाचन घोषणा नियमित एजेण्डामा छैन । यद्यपि ठाडो प्रस्ताव आउने सम्भावना कायमै छ ।
तपाइँको प्रतिक्रिया