गैँडाकोट नगरपालिकामा पशुपालन क्षेत्रमा ८० प्रतिशत रकम खर्च

गैँडाकोट, २४ माघ । नवलपरासी पुर्वमा रहेको गैँडाकोट नगरपालिकाले पशुपालन कृषकलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको बताएको छ । पशुपालनको क्षेत्रमा पर्वधन गर्नका लागि नगरपालिकाबाट चालु आर्थिक वर्षमा ५० लाख विनियोजन भएको थियो ।
उक्त बजेटको ८० प्रतिशत कामहरु सम्पन्न भइसकेको नगरपलिकाको पशु शाखा केन्द्रले जानकारी दिएको छ । शाखाका अनुसार चालु आर्थिक वर्षमा पशुपालक कृषहरुसंगको साझेदारीमा घासँ काट्ने च्यापकटर मेसिन वितरण, दाना बनाउने मेसिन खरिद, काउ म्याट वितरण, परजीवी नियन्त्रणका लागि पशुलाई जुका नाम्लेको औषधी वितरण, भिटामिन तथा मिनिरल उपलब्ध गराउने जस्ता कामहरु गरेको थियो ।
जसअनुसार १५ लाख बराबरको दाना बनाउने मेसिन खरिद, १२ लाख ५० हजार रुपैँयाको घाँस काट्ने मेसिन च्यापकटर वितरण र करिव ५ लाख रुपैयाँको लागतमा काउ म्याट वितरण जस्ता कार्यहरु सम्पन्न भइसकेको पशुशाखा प्रमुख प्रमोद कुमार पौडेलले जानकारी दिनुभयो ।
प्रमुख पौडेलले नगरपालिकाले गत आर्थिक वर्षमा दुग्ध प्रशोधन केन्द्र खोल्नको लागि अमर बचत तथा ऋण सहकारी संस्था र अमरापुरी वचत तथा ऋण सहकारीसंगकोे साझेदारीमा दुग्ध प्रशोधन तथा विभिधीकरण कार्यक्रम सञ्चालन गरेको बताउँदै निकट भविष्यमा नगरपालिकाको १५ र १६ नम्वर वडामा पनि दुग्ध प्रशोधन केन्द्र सञ्चालनबारे योजना बनाएको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया