नेपालमा गाँजा खेती गर्न दिने गृह मन्त्रालयको तयारी

काठमाडौं, २४ माघ । नेपाल सरकारले गाँजा खेती गर्न मिल्ने गरि कार्यविधि ल्याउने तयारी गरेको छ । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको हो ।
मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ ।
तपाइँको प्रतिक्रिया