कोरोना अपडेट : नवलपुरमा सोमबार ११ जना संक्रमित थपिए

नवलपुर, २४ माघ । नवलपुरमा सोमबार ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरले सोमबार सार्वजनिक गरेको तथ्यांकमा ११ जना संक्रमित थपिएको उल्लेख गरेको हो ।
जसअन्तर्गत कावासोती नगरपालिकामा ४ जना, मध्यबिन्दु नगरपालिकामा ४ जना, गैँडाकोट नगरपालिकामा १ जना, विनयी त्रिवेणी नगरपालिकामा १ जना र हुप्सेकोट नगरपालिकामा १ जना रहेका छन् । यसैगरी जिल्लामा सोमबार ४१ जना निको भएका छन् ।
तपाइँको प्रतिक्रिया