कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २५ माघ । पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६ हजार ३५६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको हो।
पीसीआर परीक्षणबाट १ हजार ८५१ र एन्टीजेन परीक्षणबाट ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज देखिएका संक्रमितको संख्या हिजोको भन्दा बढी हो। परीक्षण दर बढाउँदा संक्रमितको संख्या पनि बढेको छ।
हिजो मंगलवार १२ हजार ६९२ जनामा परीक्षण गर्दा १ हजार ९५७ जनामा संक्रमण पहिचान भएको थियो।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ। साथै, कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ४६ हजार ७८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
तपाइँको प्रतिक्रिया