नवलपरासीमा दैनिक थपिने संक्रमितको संख्या शुन्यमा झर्यो

गैँडाकोट, २५ माघ । पुर्वी नवलपरासीमा दैनिक थपिने संक्रमितको संख्या शुन्यमा झरेको छ । बुधबार स्वास्थ्य कार्यालय नवलपुरले सार्वजनिक गरेको तथ्यांकमा दैनिक थपिने संक्रमितको संख्या शुन्य रहेको उल्लेख गरेको थियो ।
आज कुल १२ जनाको कोरोना परिक्षण गरिएको थियो । मंगलबार भने ८ जना संक्रमित थपिएका थिए । यस्तै जिल्लामा बुधबार २४ जना कोरानामुक्त भएका छन् ।
तपाइँको प्रतिक्रिया