गैँडाकोट नगरपालिकाद्धारा खोपबाट बन्चित हुन पुगेका अपाङ्ग व्यक्तिलाई संस्थामै पुगेर खोप प्रदान

गैँडाकोट, २६ माघ । नवलपरासी पुर्वको गैँडाकोट नगरपालिकाले खोपबाट बन्चित हुन पुगेका अपाङ्ग जीवन विकास संस्थाका व्यक्तिलाई संस्थामै पुगेर खोप प्रदान गरेको छ । नगरपालिकाको वडा नम्वर १ मा रहेको सो संस्थामा रहेका १२ वर्ष उमेर माथिका मानसिक एवं शारीरीक अपाङ्गता भएका १२ जनालाई बुधबार जोनसोन एण्ड जोनसोन खोप लगाइएको हो ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार श्रावण महिनामै शारिरिक एवं मानसिक अपाङ्गता भएकाहरुलाई जोनसोन खोप लगाउने भन्ने सुचना सार्वजनिक गरिएको थियो । तर सुचना सार्वजनिक गरेपनि सो जीवन विकास संस्थामा रहेका व्यक्तिहरु खोप लगाउनबाट बञ्चित रहेका हुन् ।
प्रमुख पौडेलले यसरी बन्चित हुनुमा संस्थाको जिम्मेबार व्यक्तिको लापरबाही भएको आरोप लगाउनुभयो । नगरपालिकाले अशक्तहरुका लागि सोहि स्थानमै पुगेर खोप लगाइनेबारे सुचनामा जानकारी गराइएको भएपनि संस्थाले कुनै चासो नदेखाउनु संस्थाका व्यक्तिहरुप्रतिको लापरवाह भएको उहाँको भनाई छ । यस्तै उहाँले स्वास्थ्य शाखाले सबैलाई प्रयाप्त पुग्नेगरी खोप अभियान चलाइरहेको जानकारी दिदै कोही छुटेको भए सम्पर्क गर्नसमेत आग्रह गर्नुभयो ।
यता संस्थाका सञ्चालक बालकृष्ण सापकोटाले पनि कामको शिलशिलामा यतातिर ध्यान दिन नसक्नु आफ्नो कमजोरी भएको स्वीकार्नुभएको छ । नगरपालिकाले प्रशारण गरेको सुचनाको बारेमा थाहा भएपनि सुरुमा कोभिड भिडले गर्दा पछि लगाउन भनेर बस्दा छुट्न पुगेको उहाँले बताउनुभयो ।
सो अपाङ्ग जीवन विकास संस्था २०७३ साल फागुन महिनामा संचालनमा आएको हो । परिवारका सदस्य गुमाएर एक्लो बनेका, शारिरिक अपाङ्गता र मानसिक अपाङ्गता भएका सबै उमेर समुहका २५ जना सो संस्थामा आवद्ध रहेका छन् ।
तपाइँको प्रतिक्रिया