नवलपुर कोरोना अपडेट : विहीबार ५ जनामा संक्रमण पुष्टि

गैँडाकोट, २७ माघ । नवलपुरमा विहीबार ५ जनामा संक्रमण पुष्टि भएको छ । थपिनेमा गैँडाकोट नगरपालिकाका २ जना, कावासोती का २ जना र मध्यविन्दु नगरपालिकामा १ जना रहेका छन् ।
नवलपुरमा सक्रिय संक्रमितको सख्या ८३ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । जिल्लामा निको हुनेको सख्या २७ रहेको छ । निको हुनेमा गैँडाकोट नगरपालिकाका १६ जना र कावासोती नगरपालिकामा ९ जना रहेका छन् ।
तपाइँको प्रतिक्रिया