शुक्रबार पनि बढ्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं, २८ माघ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्यमा सामान्य बृद्धि भएको हो । बिहिबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा शुक्रबार तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य भने तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया