कोरोनाको दोस्रो डोज पूरा गरेकालाई फागुन १ देखि बुस्टर डोज दिइने

काठमाडौं, २८ माघ । नेपालमा फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज प्रदान गरिने भएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने बताएका हुन् ।
उनले कोभिडविरुद्ध पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागनु १ गतेबाट बुस्टर डोज दिइने जानकारी दिए ।
बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको उनले बताए ।
तपाइँको प्रतिक्रिया