‘प्रेस चौतारी सिर्जनशीलता पत्रकारिता पुरस्कार’ बाट मुकुन्दसेन टेलिभिजनका सञ्चालक गुरुङ पुरस्कृत

गैँडाकोट, २८ पुस । प्रेस चौतारी नेपाल नवलपुर शाखाले मुकुन्दसेन टेलिभिजनका सञ्चालक असिफ गुरुङलाई पुरस्कृत गरेको छ ।
प्रेस चौतारी नवलपुरले बुधबार आयोजित छैठौ अधिवेशनका अवसरमा ‘प्रेस चौतारी सिर्जनशीलता पत्रकारिता पुरस्कार’ बाट मुकुन्दसेन टेलिभिजनका सञ्चालक असिफ गुरुङलाई पुरस्कृत गरेको हो ।
यस्तै सोही अवसरमा नवलपुर शाखाले ‘कृष्णराज गिरी विकास पत्रकारीता पुरस्कार’बाट पत्रकार शालिक कोइरालालाई पनि पुरस्कृत गरेको छ । पुरस्कारको राशी सञ्चालक गुरुङलाई नगद १५ हजार र कोइरालालाई नगद रु १० हजार रहेको छ ।
तपाइँको प्रतिक्रिया