भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४०७ संक्रमित, ८ सय ४ जनाको मृत्यु

नयाँ दिल्ली, २९ माघ । पछिल्लो २४ घन्टामा भारतमा थप ५० हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८०४ जनाले ज्यान गुमाएका छन् ।
यही अवधिमा थप एक लाख ३६ हजार ९६२ जना निको भएका छन् । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ६ लाख १० हजार ४४३ रहेको छ ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा हालसम्म ५ लाख ७ हजार १७७ जनाले ज्यान गुमाइसकेका छन् भने ४ करोड २५ लाख ३६ हजार १३७ जनामा संक्रमण पुष्टि भइसकेको छ।
भारतमा हालसम्म १ अर्ब ७२ करोड २९ लाख ४७ हजार ६८८ डोज खोप लगाइसकिएको छ।
तपाइँको प्रतिक्रिया