बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं, २० माघ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।
शनिबार दिउँसो भएको भेटमा पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया