नवलपुर कोरोना अपडेट : शनिबार २ जना संक्रमित थपिए

गैँडाकोट, २९ माघ । नवलपरासी पुर्वमा शनिबार २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व) ले सार्वजनिक गरेको तथ्यांकमा २ जना संक्रमित थपिएको उल्लेख गरिएको छ ।
थपिनेमा देवचुली नगरपालिकामा १ जना र हुप्सेकोट गाँउपालिकामा १ जना रहेका छन् । शनिबार २० जनामा गरिएको एन्टिजेन परिक्षणमा सो संक्रमित थपिएका हुन् । यस्तै आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
तपाइँको प्रतिक्रिया