मौलाकाली सामुदायिक सिकाई केन्द्र गैंडाकोटको अध्यक्षमा पुनः पराजुली चयन

गैंडाकोट , माघ २९ । मौलाकाली सामुदायिक सिकाई केन्द्र गैंडाकोटको तेस्रो साधारण सभा एवं अधिवेशन शनिबार नयाँ सञ्चालक समिति गठन गर्दै गैंडाकोटमा सम्पन्न भएको छ ।
कमल प्रसाद पराजुलीको अध्यक्षतामा गठन भएको सो नयाँ सञ्चालक समितिको कोषाध्यक्षमा हिमालदेव पंगेनी, सदस्य सचिवमा याममाया पुलामी र सदस्यमा नारायण शर्मा तिवारी रहनुभएको छ । अन्य तिन जना सदस्य पदेन हुनेभएकोले सात सदस्यीय समिति चयन गरिएको संस्थाका नवनिर्वाचित सदस्य नारायण शर्मा तिवारीले जानकारी दिनुभयो ।
सिकाई केन्द्रको अध्यक्ष कमल प्रसाद पराजुलीको अध्यक्षता र गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को आय व्यय विवरण र प्रगति प्रतिवेदन केन्द्रका सचिव हिमालदेव पंगेनीले पेश गर्नुभएको थियो ।
जनक नमुना मा.वि.को सभाहलमा भएको सो कार्यक्रममा केन्द्रको विकासका लागि अहोरात्र केन्द्रका परिचालक याममाया पुलामी मगर र तिन महिने निरन्तर कक्षाको सहजकर्ताको रुपमा सहयोग गर्नुहुने मिरा पौडेललाई प्रमुख अतिथि नगर प्रमुख पौडेलले सम्मान गर्नुभएको थियो। यसैबीच कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्दै प्रमुख अतिथी पौडेलले केन्द्रले गैंडाकोटलाई साक्षर नगरको रुपमा घोषणा गर्न महत्वपुर्ण योगदान गरेको भन्दै समाजको सामाजिक, आर्थिक, साँस्कृतिक रुपान्तरणमा खेलको भुमिकाको उच्च मुल्याङ्कन गर्नुभयो ।
त्यस्तै सोही कार्यक्रममा विशिष्ट अतिथी वडा नं १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, नगर कार्यपालिका सदस्य भिमबहादुर कुमाल, सरस्वती आदर्श टोल विकास संस्थाका अध्यक्ष धनिराम तिवारी, महादेव नमुना टोल विकास संस्थाका अध्यक्ष, समाजसेवी फुलुमाया पराजुली, सरिता आचार्य, जनक कलेजका प्राध्यापक धु्रव पराजुली, सत्य राज भण्डारी, जनक नमुना मा .वि. का शिक्षकहरु दीपक ढुङ्गाना, कपिल घिमिरे लगायतका विभिन्न संघ संस्थाका महानुभावहरु अतिथी रहनुभएको थियो । सो कार्यक्रमको सहजीकरण सिकाई केन्द्रको सचिव हिमालदेव पंगेनीले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया