भरतपुर महानगरमा मतगणनाका क्रममा विवाद,एमाले प्रतिनिधिले गरे मतगणना बहिष्कार

चितवनको भरतपुर महानगरमा मतगणनाका क्रममा विवाद भएपछि एमालेका प्रतिनिधि गणनास्थलबाट हिँडेका छन् । कस्तो मतलाई सदर र कस्तोलाई बदर मान्ने भन्ने विषयमा विवाद चर्केपछि एमाले प्रतिनिधिले मतगणना नै बहिष्कार गरेका हुन् ।
हिजो मतगणना सुरु गर्नुपूर्व सामान्य त्रुटि भएका मतलाई सदर मान्ने सहमति भएको थियो । तर, आज एमालेको चुनाव चिह्नमा परेको मतमा सामान्य त्रुटि देखिए पनि बदर गर्न दबाब दिएको भन्दै आफूहरूले मतगणना बहिष्कार गरेको एमालेका प्रतिनिधिहरूले बताएका छन् ।
विवाद समाधानका लागि सर्वदलीय बैठक बसिरहेको छ ।
तपाइँको प्रतिक्रिया