ओमशान्ति मार्ग टोल विकास समितिको अध्यक्षमा पौडेल

गैँडाकोट, १ फागुन । गैँडाकोट नगरपालिका ५ मा रहेको ओम शांति मार्ग टोल विकास समितिको नवौ वार्षिक साधारण सभा र छैटौ अधिवेशन सम्पन्न भएको छ।
समितीको अधिवेशनले केशव पौडेलको अध्यक्षतामा नयाँ पदाधिकारी चयन गरेको हो । जसमा समितिको उपाध्यक्षमा सम्झना काफ्ले, सचिवमा श्यामसुन्दर लामिछाने, कोषध्यक्षमा यमलाल कंडेल र सहसचिवमा टुका चालिसे चयन हुनुभएको छ । यसैगरी समितिको सदस्यमा टिका पौडेल, दयाराम सापकोटा, कविता वरुवाल, सिता सिग्देल, तिला चालिसे र कमल पौडेल रहनुभएको नवगठित समितिका सचिव श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो ।
शनिवार सम्पन्न समितिले श्रीराम सोतीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती छनौट गरेको छ , जसको सदस्यमा निल बहादुर विक र इन्दिरा मरहठ्ठा रहनुभएको छ ।
निवर्तमान अध्यक्ष बलराम चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम को सहजीकरण यमलाल कंडेलले गर्नु भएको थियो।
तपाइँको प्रतिक्रिया