५ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि

१ फागुन।
पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार एक सय १५ जनाको नमुना परीक्षण गर्दा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन हजार नौ सय ३५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १० जनाको ज्यान गएको छ । अहिले देशभर २२ हजार पाँच सय ८४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । आज थप ३९३५ जना संक्रमित निको भएर घर फर्किएका छन् । थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज देशभरी २२ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् ।
तपाइँको प्रतिक्रिया