मगर संघ गैँडाकोट समितिको रक्तदान कार्यक्रममा ३८ जनाले गरे रक्तदान

गैँडाकोट, २ फागुन ।
नेपाल मगर संघ गैँडाकोट नगर समितिले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लखन स्मृति दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । पुरुष ३३ जना र महिला ५ जना सहित ३८ जनाले रक्तदान गरेको अध्यक्ष दुर्गा बहादुर मर्सायाङ्गि मगरले जानकारी दिनु भयो । कार्यक्रमका प्रमुख अतिथी नेपाल मगर संघ गण्डकि प्रदेश समितिका कोषाध्यक्ष तुल बहादुर सुनारी मगरले मगर संघले रक्तदान गर्नु ठुलो धर्म भएको बताउदै मगर संघले गरेको काम निकै सरहानीय रहेको बताउनु भयो ।
कार्यक्रममा मगर संघ गण्डकि प्रदेशका सदस्य उत्तम प्रसाद बकावल, लेखा समिति संयोजक दुर्गा बहादुर पुन, सल्लाहाकार टंक बहादुर मर्सायाङ्गि मगर लगाएतले सुभकामना मन्तव्य राख्नु भएको थियो । समितिले गैँडाकोटमा चौथो पटक रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको सञ्चालन सचिव कुल बहादुर थापा मगरले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया