सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

गैँडाकोट नगरपालिका वडा नं. १ मा करोड बढि राजस्व संकलन

  •  | २ फाल्गुन २०७८, सोमबार १७:०१ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • गैँडाकोट, २ फागुन । गैँडाकोट नगरपालिकाको वडा नम्वर १ मा चालु आर्थिक वर्षमा १८ लाख ८६ हजार ३ सय ८७ रुपैयाँ राजश्व संकलन भएको छ । वडा सचिव पदम प्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षको हालसम्म सो रकम संकलन भएको हो । वि.सं २०७४ माघ २८ गते कार्यालय स्थापना भएपछि वडाले राजस्व संकलन गर्न सुरु गरेको थियो ।

    वडा कार्यालय स्थापना पश्चात वडामा १ करोड ४७ हजार ६ सय ४४ रुपैयाँ राजस्व संकलन भएको सचिव अधिकारीले बताउनुभयो । जसमा आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ७० हजार २५३ रुपैयाँ राजस्व संकलन भएको थियो भने २०७५/७६ मा बृद्धि भएर २४ लाख ४७ हजार ५४१ रुपैयाँ संकलन भएको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा भने राजस्व संकलन दर घट्न पुगेको छ । वडाले प्रस्तुत गरेको तथ्यांकमा सो वर्षमा संकलित रमक घटेर २२ लाख ४२ हजार १५५ पुगेको देखिन्छ ।

    यस्तै २०७७/७८को असार मसान्तसम्म राजस्व संकलन दर वृद्धि भएर २८ लाख ३४ हजार ९९८ रुपैँया पुगेको छ । सचिव अधिकारीले वडामा राजस्व संकलनको मुख्य स्रोतको रुपमा एकिकृत सम्पत्ती कर रहेको नै रहेको बताउनुभयो । उहाँका अनुसार वडाले सम्पती कर, व्यवसाय दर्ता, विभिन्न किसिमका सिफासिर दस्तुरबाट राजश्व संकलन गरिरहेको छ ।

    सचिव अधिकारीका अनुसार वडामा संकलन भएको राजस्व गैँडाकोट नगरपालिकामा जम्मा हुने गर्दछ । पछि नगरपालिकाबाट विनियोजन भएर पुनः उक्त रकम वडामा विभिन्न शिर्षकको रुपमा विभाजन भएर आउने गरेको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण

    ताजा अपडेट

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले त्रिवेणी–दुम्किबास सडकको स्थलगत अनुगमन गर्नु भएको छ...

    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
    • सरकारी जमिनमा रातारात बन्यो माओवादी निकट निजामती कर्मचारी संगठनको टहरा

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.