सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौँ, ३ फागुन । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोलामा १ हजार २ सय रुपैँयाले बढेर ९६ हजार ७ सय रुपैँया कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैँयामै कारोबार भएको थियो ।
मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार २ सय रुपैँया निर्धारण भएको छ ।
यसैगरी आज चाँदी भने प्रतितोलामा २० रुपैँयाले बढेर एक हजार ३२० रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया