नवलपरासीमा नक्कली नोट कारोवारमा संलग्न २ जना पक्राउ

नवलपरासी, २८ पुस । नवलपरासी पश्चिम प्रहरीले नेपाली र भारतिय नक्कली नोट सहित २ जना व्यक्तीलाई पक्राउ गरेको छ । सदरमुकाम परासी स्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सुचनाको आधारमा उनिहरुलाई प्रक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोवार गर्ने व्यक्तिहरुको खोजतलास गर्दै जाँदा जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नं. १२ बस्ने रसिद मोहम्मद र जिल्ला कपिलवस्तु शुद्धोदन गाँउपालिका वडा नं. २ नन्दपुर बस्ने जमाल मुसलमान समेतलाई जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं. ५ बुद्धचोक स्थितबाट पक्राउ गरिएको हो ।
निजहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारितय १ सयको ३ थान र भारतिय ५० को १७ थान नक्कली नोट बरामद गरिएको छ । निजहरु दुबै जना बिरुद्ध मुद्रा सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी नवलपरासी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान कार्य भैरहेको छ ।
तपाइँको प्रतिक्रिया