वडाको विकासमा गरेका प्रतिवद्धताहरुको नजिक पुग्न सफल भएँ : वडाध्यक्ष सापकोटा

गैँडाकोट, ३ फागुन । गैँडाकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले आफुले वडाको विकासमा गरेका प्रतिवद्धताहरुको नजिक पुग्न सफल भएको बताउनुभएको छ ।
स्थानिय तह निर्वाचनको पाँच वर्ष पुगिसकेपछि आफुले लिएको उद्धेश्य र गरेका कामहरुको वारेमा मुकुन्दसेन टेलिभिजनसंग कुरा गर्दै वडाध्यक्ष हरीप्रसाद सापकोटाले शतप्रतिशत कसैले गर्न नसक्ने बताउँदै आफु प्रतिवद्धताको लगभग नजिक पुगेको बताउनुभएको हो ।
उहाँले समुन्नत, समृद्ध र आत्मनिर्भर धार्मिक पर्यटकिय वडा निर्माणको परिकल्पना गरेको भएपनि त्यसलाई केहि हदसम्म पुरा गरेको समेत बताउनुभयो । उहाँले जनताले कामको मुल्यांकन आफै गर्ने बताउँदै आफ्नो कामबाट सबैलाई सन्तुष्ट बनाएको दावी समेत गर्नुभएको छ । अध्यक्ष सापकोटाले विभिन्न अवरोधहरु खडा भएकै कारण समृद्ध वडा निर्माणको लक्ष्यलाई पुरा गर्न सफल नभएको बताउनुभएको छ । उहाँले सुरुको अवस्थामा नगरपालिकाको वातावरण राम्रो नहुनु र पछि महामारी कोरोना भाइसरले विचमा दुईवर्ष रोकिनु लाई मुख्य अवरोधको रुपमा लिनुभएको छ ।
उहाँले वडाले गरेको महत्वपुर्ण कार्यहरुमा नगरपालिकामै आफ्नो वडालाई पहिलो बालमैत्री वडा घोषणा गर्न सक्नु रहेको बताउनुभयो । यसैगरी धार्मिक र पर्यटकिय क्षेत्र, शिक्षाको क्षेत्र, कृषि क्षेत्र, सडक पुर्वाधार विकास र सुरक्षित खानेपानिको क्षेत्रमा पनि वडाले महत्वपुर्ण कामहरु गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार वडाले वडास्तरीय, नगरस्तरीय र प्रदेश स्तरीय बजेट मिलाएर हालसम्म सडक पुर्वाधार विकासमा ७६ लाख ९० हजार रकम खर्च गरेको छ । यस्तै शिक्षा क्षेत्रमा वडा स्तरीय २६ लाख ९० हजार, नगरस्तरिय २० लाख, प्रदेश स्तरिय ७५ लाख र संघिय सरकारबाट २५ लाख विनियोजन भई कुल १ करोड ३० लाख ९० हजार रुपैयाँ खर्च भएको छ । यसैगरि कृर्षि क्षेत्रलाई प्रर्वधन गर्नका लागि वडास्तरिय ४ लाख ४० हजार, नगरस्तरिय २३ लाख ५० हजार र प्रदेशस्तरीय १३ लाख गरि वडामा कुल ४० लाख ९० हजार खर्च भएको वडाध्यक्ष सापकोटाको भनाई छ ।
उहाँका अनुसार वालमैत्री वडा घोषणामा वडास्तरबाट १५ लाख र नगरस्तरबाट ८ लाख ९२ हजार गरि कुल २३ लाख ९२ हजार, सुरक्षित खानेपानीमा वडास्तरिय ७ लाख र प्रदेश सरकारबाट ६९ लाख ९३ हजार गरि कुल ७४ लाख ९३ हजार खर्च भएको छ ।
उहाँले वडा कार्यालय निर्माण गर्नसके अर्को महत्वपुर्ण उद्धेश्य पुरा हुने बताउँदै कार्यालय निर्माणका लागि माथिल्लो निकायमा छलफल भइरहेको समेत बताउनुभयो ।
तपाइँको प्रतिक्रिया