विद्यालयको स्थापना दिवस संगै सरस्वती निकेतनले मनायो आईएसए अवार्ड पाएकोमा खुसियाली

गैँडाकोट, ३ फागुन ।
गैँडाकोट १ मा रहेको सरस्वती निकेतनले मंगलबार विद्यालयको स्थापना दिवस मनाएको छ । विद्यालयको स्थापना दिवसको अवसर पारेर अन्तराष्ट्रिय स्कुल अवार्ड २०२२ पाप्त गरेकोमा विद्यार्थी र शिक्षकले खुसियाली साटासाट गरेका छन् । व्रिटिस काउन्सिलले प्रदान गर्ने आईएसए अवार्डका लागि विद्यालयले विभिन्न परियोजना तथा कार्यक्रमहरु गरेको थियो । अवार्ड हातपार्न सहयोग पुर्याउने शिक्षकहरुलाई सम्मान पनि गरिएको छ भने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्देै प्रमुख अतिथी प्याव्सन नेपाल केन्द्रिय उपाध्यक्ष्य भरतबाबु कंडेलले आइएसए अवार्ड प्राप्त गर्न सफल भएकोमा विद्यालयलाई बधाई दिनु भयो । कार्यक्रममा अवार्ड हातपार्नको लागि सहयोग गर्नुहुने आइएसए कोडिनेटर सावित्री अर्जेल सापकोटा, रामकृष्ण कोइराला, पदम राना, देवकी केसी, विमला तिमल्सिना, समिर सापकोटा, सुरज भण्डारी, देवकुमारी थापालाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
यस्तै कक्षा नर्सरी देखी १० सम्मका सरसफाई र अनुशासित विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । गएको वर्ष अनलाईनबाट गराईएको विविध कार्यक्रममा सहभागी २८ जना उत्कृष्ट विद्यार्थीलाई ५ सय नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लक्ष्मण कंडेलले गर्नु भएको थियो । शिक्षिका गोमा लुईटेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम विद्यालयका संस्थापक सञ्चालक स्वयच्छा देवी कंडेलको सभापतित्वमा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया