स्थानीय तह चुनावको प्रचार अवधि १३ दिन मात्रै

४ फागुन, काठमाडौं ।
आगामि चुनाव २०७९ बैशाख ३१ गते गर्ने निर्णय भए संगै निर्वाचन आयोग तयारीमा जुटिसकेको छ । निर्वाचन आयोगले चुनावको कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि चुनावी प्रचारको समय सुरु हुन्छ । र चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । अर्थात, उम्मेदवारहरूले बैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउनेछन् ।
तपाइँको प्रतिक्रिया