नवलपुरमा भन्सार छलेर ल्याइएको १४ लाखका कपडा बरामद

नवलपुर, ४ फागुन
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विनयी त्रिवेणी–१ को दुम्किबास बजारबाट करिब १४ लाख रुपैयाँ बराबरको अवैध कपडा नियन्त्रणमा लिएको हो ।
जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीकाअनुसार ना६ख ११४ नम्बरको ट्रकमा भन्सार छली ल्याउँदै गरेको २५ बोरा कपडा बरामद गरी अनुसन्धान थालिएको छ । उक्त बोराको कपडा खोलेर हेर्दा भन्सार छली गरेर चोरी निकासी गरी ल्याइएको रु १३ लाख ७६ हजार २६० बराबरको विभिन्न कपडा रहेको गिरीले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएको कपडा, सवारी साधन र चालकलाई कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको गिरीले जानकारी दिनुभयो ।फाइल तस्वीर
तपाइँको प्रतिक्रिया