सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, ६ फागुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक जारी छ । जारी बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनलगायतका विषयमा छलफल भइरहेको छ ।
सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् । एमसिसीको विरोध गरेको सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा उत्रिसकेको छ ।
एमसिसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल हुन सकेको थिएन । आज दिउँसो १ बजे पनि प्रतिनिधिसभा बस्दैछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा पनि एमसिसी उल्लेख छैन । प्रतिनिधिसा बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
तपाइँको प्रतिक्रिया