प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, एमसीसी टेबल होला त ?

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउसो १ बजे बस्दैछ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने चर्चा रहेपनि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने परेको छैन । यद्यपि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यव्यवस्था समितिको बैठक संसद बैठकअघि नै बोलाएका छन् । उक्त बैठकले एमसीसी टेबुल गर्नेबारे निर्णय गर्नसक्ने आकलन पनि गरिएको छ ।
त्यस्तै सत्ता गठबन्धनको बैठक पनि आजै बिहान १० बजे बस्ने भएको छ । सत्ता गठबन्धनले पनि एमसीसीबारे महत्वपूर्ण निर्णय गर्ने आशा गरिएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूचीमा परेको छ ।
उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने लामो समयदेखि संसद अबरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग बालकोट पुगेर भेट गरेका थिए । उक्त भेटपछि प्रधानमन्त्री देउवाले महत्वपूर्ण कदम चाल्ने आंकलन गरिएको छ ।
तपाइँको प्रतिक्रिया