एमसीसीमा खुला बहस गरौं, हिंसा स्वीकार्य छैन – अमेरिकी राजदूत

६ फागुन, काठमाडौं ।
नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे पनि अमेरिकाले हिंसा वा हिंसा भड्काउने किसिमका विचार नस्वीकार्ने बताएका छन् ।शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो।’
तपाइँको प्रतिक्रिया