महानगरभित्र संचालित योजनाहरुलाई निर्धारित मितिमै सम्पन्न गर्न मेयर दाहालको निर्देशन

चितवन ।
भरतपुर महानगरभित्र संचालित योजनाहरुलाई निर्धारित मितिमै सम्पन्न गर्न महानगर प्रमुख दाहालले निर्देशन दिएकी छिन ।सघन शहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन र भतपुर महानगरले संचालन गरेका निर्माणाधीन आयोजनाहरु समयमै सम्पन्न गरी नगर विकासको महानगरको अभियानलाई सार्थक बनाउन दाहालले निर्माण ब्यवसायीलाई निर्देशन दिएकी हुन् । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको निर्माण व्यवसायी र सरकारी कार्यालयका अधिकारी बिचको कार्य समिक्षा बैठकमा यस्तो निर्देशन दिईएको हो । सो अवसरमा निर्माण व्यवसायीको समस्या सुनेपछि महानगर प्रमुख दाहालले धेरै वाहानावाजीब गरेर काममा ढिलाई गर्ने छुट अब निर्माण व्यवसायीलाई नभएको बताईन् ।
निर्माण व्यवसायीलाई परेको समस्या समाधानमा महानगर जुनसुकै बेला पनि तयार रहेको भन्दै दाहालले ईमान्दारीपुर्वक काम गर्न निर्मार्ण व्यवसायीलाई आग्रह गरिन । सो अवसरमा निर्माण व्यवसायीहरुले खानेपानी, वन बिद्युतका कारण निर्र्माण कार्य समयमै हुन नसकेो बताएका थिए ।त्यस्तै माटो र ग्राबेलको अभावका कारण पनि काम गर्न समयमै नसकिएको बताएका थिए । मेयर दाहालले प्रक्रिया पुराएर कबिलासमा ६ ठाउँमा उत्खन्नको अनुमति दिने र नदीमा पनि ठेक्का लगाउने बताएकी थिईन् ।
सो अवसरमा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले निर्माण व्यवसायीले ईमान्दारी पुर्वक काम गरेर महानगरको विकासमा साथ दिन आग्रह गरिन । कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी शर्माले एकले अर्कालाई दोष लगाएर भन्दा पनि सबैले समन्वय गरेर विकासको काम गर्नु पर्ने बताए । कर्यक्रममा भरतपुर महानगर प्रवक्ता अरुण पिडित भण्डारीले निर्माण व्यवसायीले अरुलाई मात्रै दोष नदेखाई आफनो जिम्मेवारी अन्त्रगतको काम प्रभावकारी तवरबाट गर्न निर्देशन दिए ।
छलफलमा सहभागी सबै जसो निर्माण व्यवसायीले आफुले संचालन गरेको आयोजनाको कार्यप्रगतीका बारेमा जानकारी गराएका थिए भने सरकारी कार्यालयका अधिकारहिरुले काममा आवस्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका थिए ।
तपाइँको प्रतिक्रिया