फिलिपिन्समाथि नेपालको सहज जित, नेपाल सेमिफाइनल नजिक

७ फागुन ।
टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो ।नेपाल १३६ रनको जित दर्ता गर्न सफल भयो । नेपालले फिलिपिन्सलाई २१८ रनको विशाल लक्ष्य दिएको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेपनि कुशल र दीपेन्द्रको बलियो साझेदारीले २१९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ ।
तपाइँको प्रतिक्रिया