एकीकृत समाजवादीको निर्णय : यथास्थितिमा एमसिसीलाई पारित गर्न सकिँदैन

काठमाडौं, ७ फागुन । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसिसी) लाई यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको छ । शनिबार बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको पार्टि प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकपछि संचारकर्मीलाई निर्णय सुनाउँदै प्रवक्ता खतिवडाले ‘यथास्थितिमा नो एमसिसी’ निर्णय भएको बताए । समाजवादीले यसअघि सत्तारूढ पाँच दलीय बैठकमा आजको बैठकबाट एमसिसीबारे धारणा बनाउने बताएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा एमसिसी पास गर्ने तयारीमा छन् । पाँच दलीय गठबन्धनमा माओवादी केन्द्र र समाजवादीले एमसिसी यथास्थितिमा पारित नहुने बताएका छन् ।
उनले निर्णय सुनाउँदै भने, ‘यथास्थितिमा अर्थात् आज उसले राखेको सर्तको अधिनमा एमसिसीलाई पारित गर्न सकिँदैन भनेर निर्णय गरेको छ । यस्तो बेलामा काम गर्नका लागि केन्द्रीय सचिवालयलाई सम्पूर्ण अधिकार प्रदान गरिएको छ ।’
तपाइँको प्रतिक्रिया