सत्ता गठबन्धनको बैठक : एमसीसी संसदमा पेस गर्ने सहमति

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्ने विषयमा सहमति भएको छ ।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल हुन्छ । जे हुन्छ, त्यसपछि हुन्छ,’ उनले भने ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।
तपाइँको प्रतिक्रिया