भुतपूर्व सैनिक ४/ ३ गोरर्खा राइफल्स चितवन, नवलपुरले मनायो ६० औँ ध्वजारोहण दिवस

गैँडाकोट, ८ फागुन । भुतपूर्व सैनिक ४/३ गोरर्खा राइफल्स चितवन, नवलपुरले आइतबार ६० औँ ध्वजारोहण दिवस मनाएको छ । भरपुर महानगरपालिका वाड नं १५ मंगलपुरमा एक कार्यक्रमको आयोजना गरि काफर हुनु भन्दा मर्न जाती भन्ने नारा सहित दिवस मनाइएको अध्यक्ष क्याप्टेन काशिराम गुरुङले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कर्नल बोध विक्रम थापाले सैनिकले देशको लागि निकै ठुलो बलिदान दिएको बताउनु भयो ।कार्यक्रममा क्याप्टेन कृष्ण बहादुर थापा, भुपु क्याप्टेन जुद्ध बहादुर गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो ।
स्वागत मन्तव्य उपाध्यक्ष विरबहादुर गुरुङले राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव क्याप्टेन चन्द्रबहादुर अधिकारीले गर्नु भएको थियो । क्याप्टेन काशिराम गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया