अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाईरहदा मातृभाषा संरक्षणमा चुनौती, ४० प्रतिशत भाषा सङ्कटमा

काठमाण्डौ, ९ फागुन ।
मातृभाषा भनेको मानिसको सभ्यता र संस्कारको संवाहक हो । मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न सकिँदैन ।मातृभाषा संरक्षणमा चुनौती देखिएको छ । २०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छ । यो सङ्ख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको सङ्ख्याभन्दा पनि बढी हो । तर नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेका छन् ।
अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिँदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको छ । सङ्कटमा रहेका भाषामा राउटे, साम, मनाङे, धुलेसी, फाङ्दुवाली, सुरेल, मालपाँडे, खरिया, कुर्माली, बराम, लुङखिम, सधनी, कागते, वनकरिया, काइकेलगायत छन् । नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ । ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको छ ।
मातृभाषा संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा विज्ञले जोड दिएका छन् ।आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।
तपाइँको प्रतिक्रिया