स्थानीय तहको चुनाव : निर्वाचन आयोगले माग्यो ८ अर्ब १४ करोड बजेट

काठमाडौं, १० फागुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बजेट निकासाका गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । ३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले मन्त्रालयसंग ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको हो ।
आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायतासमेत गरी ८ अर्ब १४ करोड खर्च भएको थियो । यस पटक माग गरिएको रकम गत निर्वाचनमा भन्दा करिब ८१ करोड बढी हो ।
पाँच वर्षमा भएको मूल्यबृद्धि, करिब ३८ लाख मतदाता थप हुनु, कर्मचारीको तलबमा भएको बृद्धिलगायत कारण निर्वाचन खर्च बढ्ने देखिएको आयोगले बताएको छ ।
तपाइँको प्रतिक्रिया