कलाकार जयनन्द लामाको निधन

काठमाडौं, ११ फागुन ।
लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनय गरेका छन् ।उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए ।
पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी, लाउरे गगनको, पानीमुनि घुमाउने साँचो, मुलाको चाना लगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।
तपाइँको प्रतिक्रिया