१ करोड ६१ लाखको लागतमा मौलाकालिका पम्पिङ खानेपानी आयोजना निर्माण,मुख्यमन्त्री नेपालीले गरे उद्घाटन

गैँडाकोट, ११ फागुन ।
गैँडाकोट नगरपालिका वडा नं १ मा निर्माण भएको मौलाकालिका पम्पिङ खानेपानी आयोजनाको गण्डकि प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले बुधबार समुदटन गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथी रहनुभएका मुख्यमन्त्री पोखरेलले गण्डकि प्रदेशलाई अन्य प्रदेश भन्दा समृद्ध,अव्बल र सुखि प्रदेश बताउन साझा उदेश्यका साथ काम भैरहेको बताउनु भएको छ । आफ्नो सरकार बनेको ८ महिनामा बजेट कार्यान्वयनका लागि आफुले जोड दिएको बताउनु भयो । तर संघिय सरकारले संविधानले दिएको अधिकार अनुसार निर्णयको अधिकार दिन नसकेको बताउनु भयो ।
गण्डकि प्रदेश धार्मिक पर्यटकिय क्षेत्र भएको उल्लेख गर्दै नेपालीले यसको प्रचार प्रसार विकासका लागि पुर्वाधारको विकास अपरिहार्य रहेको पनि बताउनु भयो । नवलपुरबासीको सद्भाव र समर्पणले नै आफु मुख्य मन्त्री हुन पुगेको स्मरण गदै उहाँले यस क्षेत्रको विकासको लागि आफु लागि परेको बताउनु भएको छ । साढे ३ वर्षको एमालेको सरकारले धार्मिक क्षेत्र प्रवर्धनको लागि काम गर्न नसकेको उहाँले आरोप पनि लगाउनु भयो ।
कुल १ करोडको ६१ लाखको लागतमा खानेपानी आयोजना निर्माण भएको हो । १ लाख लिटरको एउटा ट्याकिं र २० हजार क्षमताको अर्को सहित २ ओटा खानेपानि ट्याकि निर्माण गरि खानेपानि वितरण सुरु गरिएको छ । १३५० मिटर लामो दुरीबाट लिफ्टिङ गरेर पानी मौलाकाली मन्दिर परिसरमा रहेको मुख्य टंकीमा पु¥याईएको हो ।
कार्यक्रममा मन्दिरका प्रमुख सल्लाहाकार ज्ञानेन्द्रविक्रम महत, वडा नं १ का वडाध्यक्ष हरि प्रसाद सापकोटा, देवघाट क्षेत्रविकास समितिका अध्यक्ष बद्रि प्रसाद अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष खगेन्द्र दास कंडेलले राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र प्रसाद रेग्मीले गर्नु भएको थियो । मन्दिरका अध्यक्ष शालिकराम सापकोटा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया