प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : एमसीसीमा सहमति जुटेन

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको आग्रहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकार्न नसकिने बताएका छन् ।
दाहालले तत्कालका लागि एमसीसीको संसदीय प्रक्रिया रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । दाहालको सचिवालयका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकिया तत्कालका लागि रोक्न आग्रह गरेका थिए ।
अध्यक्षले प्रधानमन्त्रीलाई एमसीसी निर्णय प्रकिया रोक्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्रीले ‘भोट हाल्ने भए हाल्नु । एमसीसी अनुमोदनको प्रक्रिया रोकिँदैन ।’ अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीचको कुराकानी उदृत गर्दै सचिवालयका एक सदस्यले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अगाडि बढाउने पक्षमा छन् । प्रधानमन्त्रीले भेटमा दाहालमार्फत सत्ता गठबन्धनमा समेत एमसीसीका पक्षमा भोट हाल्न आग्रह गरेका थिए । माओवादी भने आफ्नो अडानमा यथावत भइ पूर्ववत् निर्णयमै रही एमसीसीको विपक्षमा रहने दाहालको सचिवालयले बताएको छ ।
आजै संसद्मा एमसीसीमाथि छलफल हुँदैछ ।
तपाइँको प्रतिक्रिया