गैँडाकोटको पञ्चकन्या आधारभुत विद्यालयलाई बाल विकास केन्द्रको भवन र चौतारी हस्तान्तरण

गैँडाकोट, ३० पुस । लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेलिभिन्स जोन्सको १४३ औँ जन्मजयन्ती सप्ताहका अवसरमा गैँडाकोटको पञ्चकन्या आधारभुत विद्यालयमा निर्माण गरिएको बाल विकास केन्द्रको भवन र चौतारी हस्तान्तरण गरिएको छ ।
लायन्स क्लव अफ चौतारीको संयोजन तथा लायन्स क्लव अफ चितवन नवलपुर समृद्धि, लायन्स क्लव अफ गैँडाकोट उत्कृष्ट र लायन्स क्लव अफ चितवन स्पन्दनको सयुक्त सहकार्यमा गैँडाकोट ३ तात्रीवासको विद्यालयमा निर्माण गरिएको भवन र चौतारी हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले लायन्स क्लवले गरेको यस कार्यले सबैलाई समाजसेवामा लाग्न प्ररणा मिल्ने बताउनुभयो । प्रमुख पौडेलले गतसाल तात्रेवासमा रहेको पुलको सर्वेक्षेण गरेको बताउँदै चालु आर्थिक वर्षमा नगरपालिकाले २ करोड २० लाखमा पुलको निर्माण सम्पन्न गर्ने योजना अगाडि बढाएको समेत स्पष्ट पार्नुभयो । उहाँले पुल निर्माणपश्चात तात्रेवासमा बाटो कालोपत्रेको कामलाई तिव्रता दिने बताउनुभयो ।
यस्तै कार्यक्रममा लायन्स क्लव इन्टरनेसनल ३२५वि२ का डिस्ट्रीक गर्भनर रामप्रसाद भट्टले शिक्षा क्षेत्रमा योगदान पुर्याउने अभिप्रायले चौतारी बनाउने र विद्यालयको पुर्ननिर्माण गर्ने काम गरेकोप्रति धन्यवाद व्यक्त गर्दै जन्मजयन्ती सप्ताहमा गरिने हरेक कार्यको पुर्ण सफतलाको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयकी प्रध्यान्याध्यापक राधा भण्डारीले यस विद्यालय बत्तीविनाको अध्यारो जस्तै भएको भन्दै लायन्स क्लवले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । विद्यालयमा निम्नस्तरका विद्यार्थीमात्र पढ्न आउने हुँदा क्लवले प्रदान गरेको स्वयटर र स्टेसनरी सामग्रीले धेरै योगदान पुगेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नायक पल शाह, चिफ एक्जुकेटिभ हरीप्रसाद घिमिरे, सिद्धार्थलाल चुके, दिनानाथ न्यौपाने, जयश्री वन उपभोक्ता समुहका अध्यक्ष टोलनाथ घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लायन्स क्लव अफ चितवन चौतारीका अध्यक्ष डाक्टर गंगा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ गैँडाकोट उत्कृष्टका अध्यक्ष किरण केसीले स्वागत र लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५वि२ का सहसचिव पुर्ण शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई स्टेसनरी सामग्री र स्वइटर समेत वितरण गरिएको थियो । कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा ३२ जना विद्यार्थी अध्ययनरत छन् ।
तपाइँको प्रतिक्रिया