कुमारी बैंक लिमिटेडद्वारा जनक नमुना माध्यमिक विद्यालयलाई ४२ थान पंखा सहयोग

गैँडाकोट, १२ फागुन । कुमारी बैंक लिमिटेडले गैँडाकोटको जनक नमुना माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकको गैँडाकोट शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो विद्यालयलाई ४२ थान पंखा सहयोग गरेको हो । विहीबार एक कार्यक्रमको आयोजना गरि बैंकका वागमती प्रदेश प्रमुख विष्णु रेग्मीले विद्यालयका प्रधानाध्यापकलाई नगद एक लाख ३६ हजार रकम बराबरको उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै प्रमुख रेग्मीले विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्ने बैंकको नितीअनुसार नै सो विद्यालयलाई सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार जुन संस्थाले कुमारी बैंकसंग सहकार्य गरेको छ त्यसमा आधारिक रहेर सहयोग गर्दै आइरहेको छ । उहाँले विकासको पुर्वाधारको पहिलो खुट्कीलो नै विद्यार्थी भएको भन्दै आगामी दिनमा पनि यस्तो प्रकारका सहयोग विद्यालयमा गर्दै आउने बाचासमेत गर्नुभयो ।
यस्तै सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा कंडेलले विद्यालयको नयाँ भवनको लागि पंखा हस्तान्तरण गरेर सहयोग गर्नुहुने कुमारी बैंकको सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
विद्यालयको गैँडाकोट ५ स्थित कांग्रेस चोकमा बनेको नयाँ भवनको प्रयोगको लागि सो पंखा सहयोग गरिएको हो । सो अवसरमा कुमारी बैंक गैँडाकोटका शाखा प्रबन्धक रमेश पौडेल, कुमारी बैंक गैँडाकोट शाखाका सम्वन्धक प्रवन्धक अनिल पौडेल, विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । विद्यालयको प्रध्यान्याध्यापक चुडामणी शर्मा कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका सहायक प्रध्यान्यापक नारायण तिमिल्सिनाले र कार्यक्रम सञ्चालन विद्यालयका संयोजक हिमालदेव पंगेनीले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया