चितवनको बालकुमारी माविलाई एसएलसी ब्याच २०४७ द्वारा आर्थिक सहयोग प्रदान

चितवन, १३ फागुन । चितवनको बालकुमारी माध्यमिक विद्यालयबाट २०४७ सालमा एसएलसी दिएका विद्यार्थीहरुले विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
विद्यालय कोभिड १९ बाट प्रभावित भई निजी स्रोतका शिक्षकलाई सेवासुविधा दिन समेत असमर्थ भएपनि एसएलसी २०४७ सालका विद्यार्थीहरुले नगद संकलन गरी सहयोग गरेका हुन् । कुल ५१ जना विद्यार्थीहरुले शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि रु. ३ लाख २५ हजार ७०१ भन्दा बढी रकम सहयोग गरेका हुन् ।
सो अवसरमा बोल्दै विद्यालयका पुर्व अध्यक्ष कृष्णराज हमालले पुर्वविद्यार्थीको एकताले विद्यालयको प्रगतीमा साथ दिएको भन्दै सहयोग गर्ने सम्पुर्ण विद्यार्थीलाई धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा विद्यालयका प्रध्यानाध्यापक आनन्दराज सापकोटाले विद्यालयको वस्तुस्थीतीको बारेमा जानकारी गराउनुभएको थियो । साथै सो अवसरमा विद्यालयका पुर्व अध्यक्ष कृष्णराज हमाललाई सम्मानित समेत गरिएको थियो ।
तपाइँको प्रतिक्रिया