रिटर्नी फेडेरेसन नेपालको प्रथम जिल्ला भेला कावासोतीमा सम्पन्न

गैँडाकोट, १४ फागुन ।
नवलपुरमा पहिलो पटक वैदेशिक रोजगारका लागि शनिबार रिटर्नी फेडेरेशन कार्यक्रम गरिएको छ ।रिटर्नी ज्ञान,सीप र पुजि र जांगर–समूह नेपाल निर्माणको दिगो आधार भन्ने मुल नारा सहित कावासोतीमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य प्रमुख अतिथि तिलक महतले नेपालमा भन्दा विदेशमा विज्ञान प्रविधिहरु राम्रो भएका कारणले गर्दा वैदेशिक रोजेगारबाट फर्किएका नेपालीहरुलाइ उनीहरुले सिकेका सिपलाई नेपालमा नै प्रयोग गर्ने नयाँ तरिका तयार बनाउने कामको थालनि गर्नु निकै सरहानिय काम रहेको बताउनु भयो ।
वैदेशिक क्षेत्रबाट सिकेर आएको ज्ञान,सीप र पुजि आफ्नै देशमा लगानी कसरी गर्ने भनेर संगठन गठन गरिएको रिटर्नी फेडेरेशनले जनाएको छ । नेपालमा रोजगारको अवसर नभएका कारणले गर्दा नेपालीहरु वैदेशिक रोजेगरका लागि बाहिरन बाध्य हुने गरेका छन् ।
तपाइँको प्रतिक्रिया