सत्ता गठबन्धनको बैठक सकियो, एमसीसी आजै पारित गर्ने निर्णय

काठमाडौं, १५ फागुन । एमसीसीबारे निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठकमा आजै एमसीसी पारित गर्ने सहमति जुटेको छ ।
बालुवाटारमा सम्पन्न बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
एमसीसी पास गर्न अमेरिकाले दिएको समयसीमा सकिन लाग्दा सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । आईतबार बिहान देखि बसेको बैठक भर्खरै सकिएको हो ।
बैठक सकिएर नेताहरु वालुवाटारबाट माओवादी केन्द्रका अध्यक्ष तथा जसपा अध्यक्ष उपेन्द्र यादव बाहिरिसकेका छन् ।
तपाइँको प्रतिक्रिया