चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला

चितवन, १५ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको कुजौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको हो । जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् । अन्दाजी १८/२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो ।
तपाइँको प्रतिक्रिया