कोरोनाले सुस्ताएको खेलकुदका गतिविधि फेरि सञ्चालन

नवलपुर, १५ फागुन । कोरोनाले सुस्ताएको खेलकुदका गतिविधि फेरि सञ्चालन हुन थालेका छन् । कोरोनाका कारण करिब दुई वर्ष सुस्ताएको खेलकुदका गतिविधि कोरोना मथ्थर भएसँगै सुरु हुन थालेका हुन् । कोरोनाका कारण खेलकुदका गतिविधि सञ्चालन हुन नसक्दा यसले आर्थिक, सामाजिक तथा खेलाडीहरुको वृत्ति विकासमा समेत असर पु¥याएको थियो ।
खेलकुदका गतिविधिका कारण खेलकुद सञ्चालन हुने ठाउँमा आर्थिक चलायमान समेत हुने गर्दछ । खेलकुद अवलोकनका लागि मानिसहरुको भीडभाड हुने कारणले कोरोना कहरमा खेलकुदका गतिविधि ठप्प नै भएका थिए । विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण पूर्वनिर्धारित खेलकुदका गतिविधिहरु पूर्णरुपमा स्थगित गरिएका थिए ।
खेलकुदका गतिविधि सुरु भएसँगै खेलाडीहरुसमेत उत्साहित देखिन्छन् । नेपालमा खेलकुदका गतिविधि हुने भए पनि खेलाडीको क्षमता अभिवृद्धि र उनीहरुको प्रशिक्षणका लागि खासै चासो दिने गरिएको छैन । राज्यले खेलाडीको लागि नियमित प्रशिक्षण सहित पौष्टिक तत्वको व्यवस्था गरेमा खेलकुदमा प्रोत्साहन मिल्ने खेलाडीहरु बताउँछन् ।
नेपालमा पर्याप्त खेलमैदान नहुने, खेलाडीलाई उचित सम्मान नदिनु जस्ता कारणले खेलाडीको मनोबल उँचो हुन सकेको छैन । खेलाडीको माध्यमबाट देशको नाम र पहिचान विश्वमा फैलिने हुँदा समेत खेलाडीका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्छ ।
तपाइँको प्रतिक्रिया