जयश्री सामुदायिक वन उपभोक्ता समुहले गर्यो विदाई तथा सम्मान कार्यक्रम

गैँडाकोट, ३० पुष ।
जयश्री सामुदायिक वन उपभोक्ता समुहले संस्थामा १५ वर्षसम्म वन हेरालुको रुपमा काम गर्ने एक कर्मचारीलाई विदाई गरेको छ । समुहले शुक्रबार एक कार्यक्रमका विच कर्मचारी बाबुराम अधिकारीलाई सम्मानसहित विदाई गरेको हो ।
कार्यक्रममा बोल्दै सव डिभिजन वन कार्यलयका अधिकृत सुर्य सिंह गुरुङले वनले उत्कृष्ट कर्मचारीलाई कारणवस् विदाई गर्नुपरेको भन्दै सामुदायिक वनलाई यस्तै कर्मचारीको सधै आवश्यकता हुने बताउनुभयो ।
विदाई कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, वडा नम्वर ५ का वडाध्यक्ष नवराज कंडेल सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, सामुदायिक वन उपभोक्ता नगरसंघकी कोषाध्यक्ष शान्ता भुजेल लगायतले अधिकारीको वाँकी जीवन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
जयश्री सामुदायीक वन समुहका अध्यक्ष टोलनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा समुहका उपाध्यक्ष सुर्यप्रसाद पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गिता दाहालले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया