गैंडाकोट १३ को सुनबर्षा समसानघाटमा, रोटरीको सोलार प्यानल बत्ती सहयोग

गैँडाकोट, १६ फागुन ।
रोटरी क्लब अफ भरतपुरले गैंडाकोट नगरपालिका वार्ड नं १३ सुनबर्षा दाह सँस्कार स्थल हर्कपुरको नारायणी किनारमा सोलार प्यानल बत्ती सहयोग गरेको छ । समसानघाटमा रातको समयमा घाटमा आउने÷जाने मलामिहरूलाइ अँध्यारोमा जंगली जनावरको आक्रमण समेतबाट सुरक्षित हुनको लागि सोलार प्यानल बत्ती को माग भएकोले एक कार्यक्रम बिच सोलार प्यानल बत्ती सहयोग गरिएको हो । उपभोक्ता समिति लाइ क्लबका अध्यक्ष रोटरियन राजेन्द्र कुमार पियाले सुनबर्षा समसान घाट ब्यवस्थापन समितिका अध्यक्ष फौज बहादुर महतोलाई हस्तान्तरण गर्नु भएको थियो ।
हस्तान्तरण कार्यक्रममा रोटरी क्लब भरतपुरका उपाध्यक्ष रोटरियन भुपेन्द्र बस्नेत, क्लबका पब्लिक इमेज निर्देशक रोटरियन डा कृष्णसागर शर्मा तथा स्थांनिय ब्यक्तिहरुको उपस्थिति रहेको थियो । स्थांनिय तथा समितीका सदस्य धनेश्वर तिवारीले स्वागत मन्तव्य राख्दै सेवाबाट ३ हजार घर धुरी लाभान्वित हुने बताउनु भयो । सम्सान घाट समितिका अध्यक्ष फौज बहादुर महतोले ”रोटरीले अँध्यारो हटाई, स्थांनियलाई सेवा गरेकोमा खुशी ब्यक्त गर्नु भयो । सँगम ईलेक्ट्रिकल कन्सल्टेन्सीले स्विडेनमा निर्मित ६०० वाटका २ सेट सोलार प्यानेल, बत्ती उपलव्ध गराई जडान गरिदिएको हो ।
तपाइँको प्रतिक्रिया